Sunday, August 19, 2018
Home > breaking > गैँडाकोटमा मलेरियाको संक्रमण

गैँडाकोटमा मलेरियाको संक्रमण

नवलपरासी, साउन २२ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ ।

विभिन्न वडामा मलेरियाको संक्रमण देखा परेपछि आसपासका क्षेत्रमा करीब १५० जनाको नमूना रगत संकलन गरी परीक्षण गरिएको कार्यालयका तथ्यांक अधिकृत इन्द्र भण्डारीले जानकारी दिनुभयो । पछिल्लो पटक गैँडाकोटमा एक ब्रिटिश क्याप मन्दिर टोलमा छ वर्षीय बालिकालाई मलेरियाको संक्रमण देखापरेको थियो । त्यसपछि त्यस क्षेत्रका स्थानीयवासीको रगत परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मुगुबाट ६ महिना पहिला गैँडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो । यस अगावै गैँडाकोट–५ मा एकजना र गैँडाकोट–१८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखा परेको थियो । गैँडाकोट–१ की बालिका मुगु र गैँडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए ।

गैँडकोटमा मलेरियाको संक्रमण देखापरेपछि स्थानीयवासीलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयले सबैलाई आग्रह छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: