Sunday, October 21, 2018
Home > breaking > खोलाले बगाएर मृत्यु

खोलाले बगाएर मृत्यु

दोलखा, साउन २२ ।
कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।

सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो । घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा मंगलबार बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: