Sunday, August 19, 2018
Home > breaking > उद्यमशीलता बढाउन घुम्ती कोष

उद्यमशीलता बढाउन घुम्ती कोष

म्याग्दी, साउन ३ ।
अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ ।

वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु तीन लाखको घुम्ती कोष स्थापना गरेको हो । छ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

आर्थिकरुपमा पिछडिएको समुदायलाई उद्यम व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले प्रत्येक सामुदायिक संस्थामार्फत रु ५० हजारका दरले परिचालन गरिएको छ ।

घुम्ती कोषको रकमबाट २० जनाले बाख्रापालन, कुखुरापालन, तरकारीखेती, फलफूल खेती, सिलाइकटाइ, आरनलगायतका व्यवसाय शुरु गरेका छन् । घुम्ती कोषको रकम बाहेक सर्वसाधारणले व्यवसायमा स्वलगानीसमेत गरेका छन् । पूर्वाधार निर्माणसँगै सामाजिक सशक्तीकरण र आयआर्जन सुधारका कार्यक्रममा जोड दिइएको वडाध्यक्ष फगामीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: