Monday, December 10, 2018
Home > breaking > कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्दा एकजना प्रहरी घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्दा एकजना प्रहरी घाइते

सञ्चारक
जुम्ला, साउन ३ ।
डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । केसीको अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ पठाउन गएका प्रहरीको टोली र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको हो ।

प्रहरीले चलाएको गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचार गरिरहेका छन् ।

डाक्टर केसीलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर बिहानै जुम्ला पुगिसकेको छ । केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो ।

झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।

%d bloggers like this: