Friday, October 19, 2018
Home > breaking > केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको बल प्रयोग

केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको बल प्रयोग

सञ्चारक
जुम्ला, साउन ३ ।
डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले बल प्रयोग गर्दा विद्यार्थी र प्रहरी बिचमा झडपको स्थिति सिर्जना भएको छ। विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो।

तर विद्यार्थी र केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध जारी राखेका छन्। प्रहरीले विद्यार्थीहरूलाई हटाउन खोज्दा केसीका समर्थकसँग धकेलाधकेल भएको थियो।

सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ जहाँ विद्यार्थीहरू बसिरहेका छन्। तर नेपाल प्रहरीको टोली भने भवन बाहिर नै छ। अनसनस्थलबाहिर करिब ४०/५० जना सशस्त्रको टोली बसेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: