Sunday, August 19, 2018
Home > breaking > रु दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ

रु दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ

कपिलवस्तु, साउन १ ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली रु दुई लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट रु दुई लाख ८० हजार घुस लिँदालिँदै सोमबार अपराह्न कार्यालयबाटै पक्राउ गरिएको हो । के प्रयोजनका लागि उनले घुस लिएका थिए भन्ने खुल्न बाँकी रहेको र घटनाबारे मुचुल्का उठाउने काम भइरहेको आयोग बुटलका प्रशासकीय अधिकृत तुलाराम पौडेलले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: