Tuesday, July 16, 2019
Home > breaking > पेस्तोल र गोलीसहित पक्राउ

पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौँ, असार ३२ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र २४ वर्षीय कृष्णबहादुर जोगीलाई आइतबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले हतियार लिएर हिँड्दै गरेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । रासस

%d bloggers like this: