Monday, May 20, 2019
Home > breaking > नारायणी नदीमा डुबेर बेपत्ता

नारायणी नदीमा डुबेर बेपत्ता

नवलपरासी, असार ३१ ।
पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ । रासस

%d bloggers like this: