Saturday, December 15, 2018
Home > breaking > संविधान कार्यान्वयनसँगै मुलुकको समृद्धि : अध्यक्ष तिमिल्सिना

संविधान कार्यान्वयनसँगै मुलुकको समृद्धि : अध्यक्ष तिमिल्सिना

पोखरा, असार ३० ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनसँगै मुलुक समृद्धितर्पm उन्मुख भएको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘कर्मकर्ण पत्रकारिता पुरस्कार—२०७५’ बाट पत्रकार राजबहादुर गुरुङलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले मुलुकको समृद्धिका लागि सबै क्षेत्र संगठित भएर जुट्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

लोकतन्त्रको संस्थागत विकास र मुलुकको समृद्धिका लागि सत्य, तथ्य र मर्यादित पत्रकारिता अपरिहार्य भएको बताउँदै उहाँले राज्यको समुन्नतिमा सञ्चार जगतको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

नेपाल विविधतायुक्त भाषाभाषी एवम् जातजातिको साझा बगैँचा भएको बताउँदै उहाँले युगौँदेखि रही आएको एकआपसको सद्भावलाई आगामी दिनमा अभैm प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

हिमाल, पहाड र तराई एवम् प्राकृतिक, सांस्कृतिक र धार्मिक तथा मानवीयता र भ्रातृत्वको हिसावले महत्वपूर्ण गण्डकीलाई मुलुककै नमुना प्रदेशकोरुपमा विकास गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा उहाँको जोड थियो ।

तमुधी नेपालका अध्यक्ष कर्म तमुले आप्mनो बैवाहिक सम्वन्धको ३२ औं वर्षगाँठको उपलक्ष्यमा सात वर्षअघि स्थापना गर्नुभएको सो पुरस्कारको राशि रु १५ हजारसहित भाङ्ग्रा र खादा रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पुरस्कारले समग्र सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने बताउँदै कर्तव्यसहितको अधिकारले समाज सकारात्मक दिशातर्पm उन्मुख हुने बताउनुभयो ।

कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष एम्बी आस्था, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पुरस्कृत व्यक्तित्व पत्रकार राजबहादुर गुरुङ, तमुधी नेपालका अध्यक्ष कर्म तमु, प्रतिभा छनोट समितिका संयोजक सुरेन्द्र थापामगर, पत्रकार शान्ति गुरुङ, फोनिज इन्चार्ज होम तमु, उमा आले, भुपाल गुरुङलगायतले बोल्नुभएको थियो । रासस

%d bloggers like this: