Friday, July 20, 2018
Home > breaking > मोरङमा ६० प्रतिशत मुद्दा फछ्र्योट

मोरङमा ६० प्रतिशत मुद्दा फछ्र्योट

विराटनगर, असार २८ ।
मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४/०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ ।
मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताउनुभयो । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हजार २१३ मुद्दा थिए । अहिले अदालतमा १८ महिना नाघेका २४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । यस्तै अदालतले मेलमिलापबाट एक वर्षमा १६१ मुद्दाको फछ्र्योट गरेको छ ।
यसै गरी निरन्तर सुनुवाइ गर्नुपर्ने ३५४ मुद्दा दर्ता भएकामा १८३ फछ्र्योट भएको तथा बाल इजलाससँग सम्बन्धित २८ मध्ये २१ फछ्र्योट भएको मुख्य न्यायाधीश खतिवडाले बताउनुभयो । अदालतले फैसला कार्यन्वयनतर्फका ८६७ मुद्दामध्ये ५९९ मुद्दा कार्यन्वयनमा ल्याएको छ भने २६८ विचााधीन रहेको बताइएको छ ।

अदालतका स्रेस्तेदार नवराज दुलालले प्रकृतिअनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पत्तिसँग सम्बन्धित भएको बताउनुभयो । एक वर्षका अवधिमा एक हजार ७५ अंशसँग सम्बन्धित मुद्दामध्ये ५८६ मुद्दा फछ्र्योट भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: