Wednesday, November 21, 2018
Home > breaking > लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ

लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ

सञ्चारक
झापा, असार २६ ।
झापाको मेचीनगर ६ काकँडभिट्टा स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काकँडभिट्टाअन्तर्गत रहेको लागुऔषध नियन्त्रण प्रहरी ब्युरो टोलीले सोमबार बेलुका भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर नगरपालिका ९ निवासी रोशन डाँगीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए। डाँगीले सर्टको बाहुला भित्र ब्राउन सुगर लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँचको गर्ने क्रममा बरामद गरेको हो। यता डाँगीलाई पक्राउ गर्दै प्रहरीले थप अनुसन्धान गर्दा ब्राउन सुगर ओसारपोसारमा संलग्न मेचीनगर ९ निवासी मनिष आचार्य, फुर्बा शेर्पा र बारा निजगढ निवासी विष्णु थापालाई समेत पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

%d bloggers like this: