Tuesday, September 25, 2018
Home > breaking > खेलाडीका परिवारलाई आर्थिक सहयोग

खेलाडीका परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, असार २६ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १।५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो ।

वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गर्नुभएको थियो । जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: