Tuesday, September 25, 2018
Home > breaking > वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

पर्वत, असार २५ ।
नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।
पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो ।

बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: