Friday, April 19, 2019
Home > पत्रपत्रिकाबाट > नेपाल–भारतस् सन्धी र सम्झौता साझा प्रतिवेदन तयार

नेपाल–भारतस् सन्धी र सम्झौता साझा प्रतिवेदन तयार

असार १७ ।
नेपाल–भारतबीच विगतका सन्धीरसम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ ।

तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।

निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको समूहको नेपालतर्फको सचिवालयले जनाएको छ । यसैगरी आतंकवाद, लागु औषध नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणजस्ता विषयबारेको सुझावलाई पनि प्रतिवेदनमा समेटेको बताइएको छ ।

शुक्रवार काठमाडौंमा शुरु भएको समुहको नवौं तथा अन्तिम संयुक्त बैठक शनिबार सम्पन्न भएको हो ।

दुवै मुलुकबाट ४/४ जना प्रवुद्ध व्यक्ति संलग्न समुहको २ वर्षे कार्यअवधि यही सातासम्म तोकिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

%d bloggers like this: