Tuesday, December 11, 2018
Home > breaking > बस दुर्घटना हुँदा नौ जना घाइते

बस दुर्घटना हुँदा नौ जना घाइते

सञ्चारक
रुकुम, असार ८ ।
रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घाइतेहरूको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भइरहेको छ भने तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए। गाडीमा १५ जना यात्रु सवार थिए। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

%d bloggers like this: