Wednesday, July 18, 2018
Home > मनोरञ्जन > “खेल होइन मेरो माया” गीतमा नायक श्रीदेव (भिडियो सहित)

“खेल होइन मेरो माया” गीतमा नायक श्रीदेव (भिडियो सहित)

सञ्चारक
असार ८ ।
खेल होइन मेरो माया गीतलाई रेडियो नेपालमा बिगत ३ दशक देखि कार्यरत बरिस्ठ गीतकार भरत बम्जनको रचना रहेको यस गीतलाई बरिस्ठ संगीतकार पूर्ण परियारले संगीत दिनु भएको छ । आधा दर्जन नेपाली चलचित्रको नायक श्रीदेव भट्टराई र नब मोडल कृति अधिकारीको अभिनय रहेको छ । नायक श्रीदेव भट्टराई कतार भ्रमण रहेको बेला यस गीतको छायांकन कतारको राजधानी दोहा र अलखोरको पर्पल आइलंडमा चलचित्र निर्देशक तथा छायाकार भविन्द्र तामांगले सम्पादन तथा छायांकन गर्नु भएको छ ।

गीत रचना पहिला गरेको भएपनि म्युजिक भिडियोको जमाना भएको हुदा यो गीत फेरी दर्शकले मन पराउनु हुने छ भन्ने आशा रहेको बरिस्ठ गीतकार भरत बोम्जनले बताउनुभयो ।भिडियो लागि  https://www.youtube.com/watch?time_continue=1&v=PscjF0AKkbE मा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: