Wednesday, November 20, 2019
Home > breaking > पंखाले लागेर युवकको मृत्यु

पंखाले लागेर युवकको मृत्यु

बुटवल, जेठ २९ ।
गैडहवा गाउँपालिकामा चलिरहेको पंखा (सिलिङ फ्यान) ले लागेर एक युवकको मृत्यु भएको छ ।

गैडहवा–२ सीतापुर बस्ने अन्दाजी २० वर्षीय रियाजुद्दीन शेषको तीव्रगतिमा चलिरहेको पंखाले लागेर ज्यान गएको हो ।

रमजानमा जाग्राम बसेर सुत्न लाग्दा तीव्रगतिमा चलिरहेको पंखाको पाताले गर्धनमा लागेर गम्भीर घाइते भएका शेषको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । रासस

%d bloggers like this: