Friday, June 22, 2018
Home > breaking > एक घर चार तरकारीका बिरुवा वितरण

एक घर चार तरकारीका बिरुवा वितरण

कञ्चनपुर, जेठ २५ ।
भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ ।

नगरवासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउनका लागि कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको छ ।

कृषि विकास शाखाका प्रमुख नवराज जोशीले नर्सरीमा काँक्रा, फर्सी, लौका र तिते करेलाका ६० हजार बिरुवा उत्पादन गरिएको बताउनुभयो । त्यसमध्ये नर्सरीमा काँक्रा र फर्सीका ३० हजार बिरुवा तयार गरिएका छन् ।

नगरपालिकाका सबै वडाका किसानलाई व्यक्तिगत र समूहगत रुपमा नर्सरीमा उत्पादित बिरुवा दिन लागिएको छ । व्यक्तिगत रुपमा कम्तीमा चार र समूहलाई मागअनुसार बिरुवा वितरण गरिन लागेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: