Tuesday, December 11, 2018
Home > पत्रपत्रिकाबाट > यार्सा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

यार्सा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

जेठ, २५ ।
जिल्लाको बुकीमा यार्सा सकलनसँगै विक्री पनि शुरु भएको छ ।

यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्सा खरिद गर्न व्यापारी आएका छन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्सा किनेर काठमाडौं फर्किए ।

बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्सा खरिद गरेको ओलीले बताए ।

५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्सा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्सा खरिद गरेका थिए ।

धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म सकलन गर्दारहेन्, उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

%d bloggers like this: