Monday, September 23, 2019
Home > breaking > ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा, जेठ २३ ।
माथागढी गाउँपालिकास्थित रुप्सेमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । रासस

%d bloggers like this: