Tuesday, December 11, 2018
Home > breaking > मुख्यमन्त्री भट्ट संसदीय दलको नेतामा निर्वाचित

मुख्यमन्त्री भट्ट संसदीय दलको नेतामा निर्वाचित

धनगढी, जेठ २३ ।
प्रदेश नं. ७ को प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन हुनुभएको छ ।

सो पार्टीको प्रदेशसभाका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारालामा तामाङ र सचेतकमा अक्कलबहादुर रावललाई निर्वाचित गरेको नव निर्वाचित प्रमुख सचेतक तामाङले बताउनुभयो ।

संसदीय दलको नेतामा निर्वाचित मुख्यमन्त्री भट्ट र सचेतकमा निर्वाचित रावल तत्कालीन नेकपा(माओवादी केन्द्र)मा आबद्ध हुनुहुन्थ्यो । यस्तै उप नेतामा निर्वाचित शाह र प्रमुख सचेतकमा निर्वाचित तामाङ तत्कालीन नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो । रासस

%d bloggers like this: