Friday, April 19, 2019
Home > breaking > न्यू लुम्बिनी नास्ता पसलमा आगलागी

न्यू लुम्बिनी नास्ता पसलमा आगलागी

दाङ, जेठ ७ ।
घोराहीको तुलसीपुर चोकमा रहेको न्यू लुम्बिनी नास्तापसलमा आज आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ग्यास चुहावट भएर आगलागी भएको हो । आगलागी भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरी तथा ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिएका कारण थप अन्य घर क्षति हुनबाट जोगिएका हुन् । आगलागीबाट पसल पूर्णरुपमा जलेर क्षति भएको छ ।

घोराही उपमहानगरपालिकाको दमकल समयमा नआएको भन्दै स्थानीयवासी आक्रोशितसमेत भएका थिए । क्षतिको यकिन विवरण भने आउन बाँकी छ । रासस

%d bloggers like this: