Monday, October 22, 2018
Home > breaking > डोटीमा चट्टयाङ लागेर सात जना घाइते

डोटीमा चट्टयाङ लागेर सात जना घाइते


सञ्चारक
डोटी, जेठ ४ ।
जिल्लामा चट्टयाङ लागेर ६ जना घाइते भएका छन् भने एक जना गम्भिर घाइते भएका छन। जिल्लाको दिपायल सिलगढी नगरपालिका ७ पाँकरीको कोईरेलीमा गएराती घरमा चट्टयाङ्ग पर्दा उनिहरु घाइते भएका हुन्। घरमा सुतिरहेका प्रेम पार्की, नमसरी पार्की, धौली पार्की कमली पार्की, धौली बिक, दिले पार्की र बिरमा पार्की घाइते भएको सिलगढी नगरपालिका ७ का अध्यक्ष कर्ण बिष्टले जानकारी दिए। उनका अनुसार छ जनाको अवस्था सामान्य रहेको भए पनि घाइते मध्ये नमसरी पार्कीको अवस्था गम्भिर रहेको बताए। चट्टयाङ् लागेर दुई चौपाया भैँसी र गोरु पनि मरेका छन्। बिहिबार मध्यराती हावाहुरीसँगै आएको चट्टयाङ्बाट उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: