एमाले र माओवादी केन्द्रको बेग्लाबेग्लै बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक
काठमाडौँ, जेठ ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताउनुभएको थियो । उहाँले टुटफुटको विगतको इतिहासलाई
Read More