Tuesday, January 22, 2019
Home > breaking > प्रदेश नं. ३ को बजेट आजबाट शुरु हुँदै

प्रदेश नं. ३ को बजेट आजबाट शुरु हुँदै


सञ्चारक
हेटौंडा, जेठ १ ।
प्रदेश नं. ३ को प्रदेशसभाको ‘बजेट’ अधिवेशन मंगलबार (आज) बाट शुरु हुँदैछ। प्रदेशप्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि दोस्रो अधिवेशन आव्हान गरेकी थिईन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्दैछन्। असार १ गते बजेट ल्याउन लागेकाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मंगलबारको प्रदेशसभा बैठकमा पेश गर्न लागेको हो। बैठकमा प्रदेश सभा सदस्य हरिशरण लामिछानेको सोमबार मस्तिष्कघातका कारण निधन भएकोमा शोक प्रस्ताव पारित हुने जनाईएको छ। प्रदेश सरकारले साना योजनामा बजेट विनियोजन नगर्ने र राष्ट्रिय गौरव एवं ठूला योजनामा बजेट विनियोजन गर्ने बताउँदै आएको छ।

%d bloggers like this: