Saturday, March 23, 2019
Home > breaking > दुई हजार बोतल च्याउको बीउ उत्पादन

दुई हजार बोतल च्याउको बीउ उत्पादन

कञ्चनपुर, बैशाख ३१।
कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।

प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।

उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताउनुभयो ।

च्याउको बीउको माग अधिक छ उहाँले भन्नुभयो “कार्यालयको बजेटले धान्दैन ।” चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । बीउ उत्पादनका लागि विनियोजन गरेको बजेट केमिकल, कल्चर गर्ने कार्य, गहुँको बीउ खरिद गर्नेलगायतमा खर्च हुने गरेको छ ।

यहाँ उत्पादित च्याउको बीउ प्रदेश नं ७ को पहाडी जिल्लासहित तराईका कैलाली कञ्चनपुरमा खपत हुने गरेको छ । प्रयोगशालाले उत्पादन गरेको बीउको प्रयोग गरी मौसमी र बेमौसमी रुपमा व्यावसायिक खेती गर्ने किसानको संख्या यहाँ बढ्दो छ । गत आवमा प्रयोगशालाले दुई हजार बोतल च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिइएकोमा चार हजार २४२ बोतल च्याउको बीउ उत्पादन गरेको थियो । रासस

%d bloggers like this: