Tuesday, March 19, 2019
Home > breaking > आगलागी हुँदा दुई करोडभन्दा बढीको नोक्सान

आगलागी हुँदा दुई करोडभन्दा बढीको नोक्सान


सञ्चारक
ललितपुर, बैशाख ३१ ।
ललितपुरको लुभुमा गएराति आगो लाग्दा २ करोड भन्दा बढीको नोक्सान भएको छ । महालक्ष्मी नगरपालिका ७ चाँगाथली नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति १० बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग लालितपुरले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–३ का दिनेश सुवेदीको उद्योगमा आगो लागेको हो । आगलागीमा २ करोड २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीययबासिन्दाको सहयोगमा आगो निभाइएको हो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

%d bloggers like this: