Tuesday, December 11, 2018
Home > breaking > सवारी दुर्घटनामा एकजनाको मृत्यु

सवारी दुर्घटनामा एकजनाको मृत्यु


सञ्चारक
इनरुवा, बैशाख १३ ।
सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार माइक्रोबस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।

%d bloggers like this: