Thursday, November 15, 2018
Home > breaking > चमेलियामा नदीमा दुई पुरुषको शव फेला

चमेलियामा नदीमा दुई पुरुषको शव फेला

दार्चुला, बैशाख १३ ।
दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ ।

शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिनुभयो ।

मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

%d bloggers like this: