Wednesday, February 20, 2019
Home > breaking > मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा रहेका प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा रहेका प्रहरीको मृत्यु


सञ्चारक
दाङ, बैशाख १२ ।
मोटरसाइकल दुर्घटनामा परि गस्तीमा रहेका एक प्रहरी जवानको गएराति मृत्यु भएको छ । सोही मोटरसाइकल सवार अर्का प्रहरी जवान घाइते भएका छन् ।

बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ओवीलाल गिरीको मृत्यु भएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर गिरीसँगै गस्तिमा रहेका प्रहरी जवान बसन्तराज अधिकारी घाइते भएका छन् । दुर्घटनामा घाइते अधिकारीको अवस्था सामान्य रहेको छ ।

घोराही–रामपुर सडकखण्ड अन्तर्गत लक्ष्मीपुर चोकमा दुर्घटना भएको थियो । गिरी र अधिकारी गएराति १२ बजेदेखि बुधबार(आज) बिहान ६ बजेसम्म यो क्षेत्रमा मोटरसाइल गस्तिमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

%d bloggers like this: