Thursday, November 15, 2018
Home > breaking > हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

राजविराज, बैशाख ११ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहुँ हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ । रासस

%d bloggers like this: