Thursday, November 15, 2018
Home > breaking > समाजसेवी बस्नेत बने दलित बालिकाका अभिभावक

समाजसेवी बस्नेत बने दलित बालिकाका अभिभावक

उदयपुर, बैशाख ११ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३, मोतिगडाका ६३ वर्षीय समाजसेवी ज्ञानबहादुर बस्नेत त्रियुगा नगरपालिका–४ बगाहाकी एक पाँच वर्षीया दलित बालिका दुर्गा परियारको अभिभावक बन्नुभएको छ ।

अहिले देशका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र कतिपय गरीब, असहाय विद्यार्थीको अभिभावक प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसमेत बनिरहेको बेला उदयपुरको त्रियुगा नगरपालिका–४ मा पनि समाजसेवी बस्नेत अभिभावक बन्नुभएको हो ।

घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको र घरको परिवारले अभिभावकत्व दिन नसक्ने अवस्था देखेपछि बस्नेत आफँैले बगाहास्थित शिवशक्ति आधारभूत विद्यालयमा बालिका दुर्गा परियारलाई भर्ना गराएको विद्यालयका प्रधानाध्यापक चेतबहादुर खड्काले बताउनुभयो ।

दुर्गाका अभिभावक बनेपछि बस्नेतले दुर्गालाई स्कूल डे«स र पाठ्यपुस्तक प्रदान गर्दै बालिकाले पढ्न चाहे आगामी दिनमा आफूले उच्च शिक्षासम्म पनि पढाइदिने प्रतिबद्धतासमेत समाजसेवी बस्नेतले गर्नुभएको छ ।

आफू दुर्गाजस्ता गरीब असहाय र दलित विद्यार्थीको अभिभावक बन्न पाएकोमा गौरब महसुस गर्दै पढाइमा लाग्ने खर्चसहित अन्य कुनै पनि आवश्यक वस्तुमा कमी हुन नदिने प्रतिबद्धतासमेत बस्नेतले गर्नुभएको छ । रासस

%d bloggers like this: