Sunday, August 19, 2018
Home > breaking > जुवाखालबाट सातजना पक्राउ

जुवाखालबाट सातजना पक्राउ

भक्तपुर, बैशाख १० गते ।
मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो ।

जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: