Wednesday, May 23, 2018
Home > breaking > प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौँ, बैशाख १० ।
ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: