Wednesday, August 22, 2018
Home > breaking > बालिकाको हत्या

बालिकाको हत्या

विराटनगर, बैशाख ८ ।
मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ ।

सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: