Wednesday, August 22, 2018
Home > breaking > चितुवाको आक्रमणबाट गम्भीर घाइते

चितुवाको आक्रमणबाट गम्भीर घाइते


सञ्चारक
बैतडी, बैशाख ७ ।
चितुवाले गएराति १ बजे घरभित्रै सुतिरहेको अवस्थामा एक वृद्धालाई आक्रमण गरेको छ । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट उनी गम्भीर घाइते भएकी छिन् ।

मेलौली नगरपालिका–८, कोटीगाउँकी ६७ वर्षीय डीगरीदेवी बिष्टलाई चितुवाले आक्रमण गरेको थियो । गएराति १ बजे घरभित्रै सुतिरहेको अवस्थामा बिष्टलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको प्रहरीले जनाएको छ । चितुवाले अहिलेसम्म त्यस क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: