Monday, May 20, 2019
Home > breaking > घुस लिँदै गर्दा मालपोतका एकजना कर्मचारी पक्राउ

घुस लिँदै गर्दा मालपोतका एकजना कर्मचारी पक्राउ

सञ्चारक
रुपन्देही, बैशाख ५ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीमा एकजना मालपोतका कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

मर्चवार मझगावामा रहेको मालपोतको कार्यालयमा कार्यरत सुब्बा हरि पौडेल सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।

उनले विभिन्न बहाना बनाउँदै सेवाग्राहीका काम गर्न आलटाल गर्दै आएको अख्तियारले बताएको छ ।

%d bloggers like this: