Tuesday, December 11, 2018
Home > breaking > गाडीको ठक्करबाट एकको मृत्यु

गाडीको ठक्करबाट एकको मृत्यु

दाङ, बैशाख ५ ।
गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

%d bloggers like this: