Tuesday, September 25, 2018
Home > breaking > महिलाको शंकास्पद मृत्युु

महिलाको शंकास्पद मृत्युु


रौतहट, बैशाख ४ ।
यहाँ एक महिलाको गए राति शंकास्पद मृत्युु भएको छ ।
कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्र्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युुको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्नुभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुुभयो ।

थप अनुसन्धान तथा सोधपुुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

मुुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ । सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुुरा छन् ।

बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताउनुुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताउनुुभयो । सीमाको तीन वर्षअघि बिहे भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: