Sunday, October 21, 2018
Home > breaking > समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

पोखरा, वैशाख ४ ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश समृद्धिका लागि लगानी बृद्धि गरिने बताउनुभएको छ ।

प्रदेश नं ४ को प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लगानीलाई प्रोत्साहित गरी दीर्घकालिन सोचका साथ विकास निर्माणमा सरकार अघि बढ्छ ।

मुख्यमन्त्री गुरुङले आगामी आर्थिक वर्षमा आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान, बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत परिचालन गरिने नीति लिइने बताउँदै गुनासो सम्बोधनका लागि विद्युतीय प्रणालीमा आधारित हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
पर्यटन विकास, कृषि आधुनिकीकरण र जलस्रोत उपयोगलाई अघि बढाउने बताउँदै उहाँले प्रदेशका सार्वजनिक सेवालाई सेवाग्राही र प्रविधिमैत्री बनाइनेछ भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: