Friday, October 19, 2018
Home > breaking > आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति

आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति

उदयपुर, वैशाख ३ ।
उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: