Saturday, April 21, 2018
Home > breaking > नारायणगढ – मुग्लिन सडकखण्ड ६ घण्टा बन्द

नारायणगढ – मुग्लिन सडकखण्ड ६ घण्टा बन्द

सञ्चारक
चितवन, वैशाख २ ।
मुग्लिन नारायणगढ सडकखण्ड (आज) आइतबारदेखि दैनिक ६ घण्टा बन्द हुँदैछ । बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।

हिजो नयाँ वर्षको लागि भन्दै खुल्ला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लागेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्ने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: