Wednesday, July 18, 2018
Home > breaking > चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

इलाम, वैशाख २ ।
इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।

अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिनुभयो ।

सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ । स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: