Thursday, April 26, 2018
Home > breaking > नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

कपिलवस्तु, वैशाख २ ।
यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन त्यस ठाउँमा गएका थिए ।

उनी पौडी खेल्ने क्रममा माथिबाट जम्प गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै सातजना साथी त्यहाँ नयाँ वर्ष मनाउन गएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: