Sunday, August 19, 2018
Home > breaking > नेपालगञ्जमा मनाइयो नेपाली झण्डा महोत्सव

नेपालगञ्जमा मनाइयो नेपाली झण्डा महोत्सव

नेपालगञ्ज, वैशाख २ ।
अन्तराल संस्थाको व्यवस्थापन तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा शनिबार यहाँ नेपाली झण्डा महोत्सव मनाइएको छ ।

महोत्सवमा सहभागीहरुले नेपाली झण्डा फरफराएका थिए । त्यस अवसरमा नेपाली राष्ट्रियता झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली झण्डा महोत्सव आयोजनाका परिकल्पनाकार एवं अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपाली राष्ट्रिय झण्डा बुद्धको जन्मभन्दा अघिको भएको बताउँदै नेपालीको राष्ट्रियतालाई अझ बलियो बनाउन सरकारले झण्डा महोत्सवलाई राष्ट्रव्यापी बनाउनुपर्ने सुझाव दिनुभयो ।

त्यस अवसरमा प्रदेश नं ५ का सदस्य सुरेन्द्र हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार लेखक, नगर प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, अभिनेत्री अश्लेसा ठकुरीलगायतका वक्ताले झण्डा महोत्वसको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थी, पत्रकार, जनप्रतिनिधिहरु, राजनीतिक दलका कार्यकर्ता, प्रहरी, शिक्षक, कानून व्यवसायी, सामाजिक अभियन्तालगायत सर्वसाधारणले नेपाली झण्डा फरफराएर नेपालको जय जयकार गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: