Thursday, April 26, 2018
Home > breaking > समृद्धिका लागि रचनात्मक सहयोग होस् – सांसद श्रेष्ठ

समृद्धिका लागि रचनात्मक सहयोग होस् – सांसद श्रेष्ठ

काठमाडौँ, वैशाख १ ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको प्रणलाई मूर्तरुप दिन सबैको सकारात्मक र रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित सद्भाव नगर टोलसुधार समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकको इतिहासमा अत्याधिक बहुमतका साथ वामपन्थी गठबन्धनको संघीय सरकार तथा स्थानीय र प्रदेश सरकार हुन २०७४ सालको महत्वपूर्ण उपलब्धि रहेको धारणा व्यक्त गर्नुभयो ।

नैकाप क्षेत्रका खानेपानी, सडक तथा ढलजस्ता समस्या समाधानका लागि स्थानीय जनताका सुझावका आधारमा काम अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

टोल सुधार समितिका अध्यक्ष जंगबहादुर आलेमगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष बालमुकुन्द बिडारीलगायतले त्यस क्षेत्रका खानेपानी, ढल तथा साँघुरो सडक र बढ्दो सवारी चापका कारण उत्पन्न समस्या सामाधानको लागि पहल गरिदिन सांसद श्रेष्ठसँग आग्रह गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: