Thursday, April 26, 2018
Home > breaking > वडाध्यक्षमाथि हातपात गर्ने युवा पक्राउ

वडाध्यक्षमाथि हातपात गर्ने युवा पक्राउ


सञ्चारक
तेह्रथुम, चैत ३० ।
तेह्रथुमको फेदाप गाउँपालिका – ५, इसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपीट गर्ने युवा गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्षलाई मंगलबार तामाङले मादक पदार्थ सेवन गरी हातपात गरेका थिए ।

घिसिङलाई कुटपीट गर्ने तामाङलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मादक प्रदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए । घिसिङको कार्यालय समयमा हातपात गर्ने युवालाई कानुनी कारवाही गर्नुपर्ने माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: