Thursday, April 26, 2018
Home > breaking > भट्टराई शुक्रबार (आज) भारत जाँदै

भट्टराई शुक्रबार (आज) भारत जाँदै

सञ्चारक

काठमाडौं, चैत ३० ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार(आज) भारत जाँदै छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न भट्टराई भारतको बैंगलोर जाने भएका हुन् ।

उनले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनेछन । उनी भारतमा एक साता बस्नेछन । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन ।

भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नेछन । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन गर्नेछन ।

उनले विशेषतः दक्षिण भारतको विकाससम्बन्धी अध्ययनकासाथै महत्वपूर्ण पर्यटकीय स्थानकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भट्टराईसँगै नयाँ शक्ति पार्टीका विदेश विभाग इन्चार्ज हिसिला यमी र ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानेछन । बैशाख ८ गते साँझ संयोजक भट्टराई काठमाडौं आइपुग्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: