Thursday, April 26, 2018
Home > breaking > आलु महोत्सवमा ८० लाखको कारोवार

आलु महोत्सवमा ८० लाखको कारोवार


पोखरा, चैत २९ ।
कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकन्छि ।

कार्यक्रममा बद्री पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीता केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शंकर पन्त, ज्ञानेश्वर सुवेदी, सुभद्रा श्रेष्ठ र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक मिलन बाँस्तोलाले जानकारी दिनुभयो । महोत्सव चैत ३० गतेसम्म चल्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: