Wednesday, June 26, 2019
Home > breaking > झोलुंगे पुलबाट खसेर एकको मृत्यु

झोलुंगे पुलबाट खसेर एकको मृत्यु

अछाम, चैत २९ ।
अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।

चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । रासस

%d bloggers like this: